के फेसबुक/अन्लाईन-ईन्टरनेट बाट पैसा कमाउन सकिन्छ भन्ने कुरा फेक हुन् ?

    अहिले  नेपाल लगायत  विस्वका  सैयौं  मुलुकहरु लकडाउनको परिस्थितिमा गुज्रिरहेका छन् ।  विश्वभरिका सबैजसो  मार्केटहरु चकमन्न अबस्था मा रहेका  छन्। नेपाल पनि त्यसबाट अछुतो रहन भने  सकेन कारण विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भईरस। हो,  यहि कोरोना भाईरस्को कारण आज सक्रिय विश्वबजार ठप्प छन् भने अधिकाम्स मुलुकका मानिसहरु घरभित्रै बसिरहेका छन्। बजार शुन्य छन् तर अन्लाईन बजारलाई भने खासै फरक परेको देखिन्न। 




     यहि मौकामा आजभोलि नेपालमा  बिजनेश /अन्लाईन मार्केटिंगको प्रचारप्रसार बढ्दो छ। धेरैजसो मानिसहरु लकडाउनको समय ब्यबस्थापनको लागि अनलाईन काम सिक्ने /सिकाउने , फेसबुक लगायत  अन्य सोसल मिडियाबाट पैसा कमाउन सकिने आदि -आदि बारे प्रचारप्रसार नाटकीय ढंगले बढ्दो छ। आजभोलि  नेपालमा अनलाइन सम्बन्धि बिभिन्न काम सिक्नुस , खालि समयमा घरमै बसीबसी पैसा कमाउनुस भनेर प्रचारप्रसार भएको निकै देख्न सकिन्छ र कतिपयले यस्ता कामहरु  गरिरहेको देख्न पनि सकिन्छ। 


      हो, अवश्य पनि अन्लाईन तथा विभिन्न सोसल मिडियाहरुबाट पैसा कमाउन सकिन्छ , आर्थिक स्तर सुधार गर्न पनि सकिन्छ। तर तपाइँ हामीले सोचेजस्तो त्यति सजिलो भने छैन अन्लाईन /ईन्टरनेट बाट पैसा कमाउन, त्यसको  लागि तपाईले  केहि  न केहि सिक्न अबश्य जरुरि छ। 

      कतिपय मानिसहरुले अनलाईनबाट पैसा कमाईन्छ भनेर हचुवामा आफ्नो समय र पैसा लगानी गरि फसेको उदाहरण पनि हामीले देख्न सक्छौं। आज नेपालमा अन्लाईन जबमा हजारौं मानिसहरु सक्रिय रुपमा काम गरिरहनुभएका छन्  तर केहि साथीहरुले आबस्यक तालिम नलीइकन म त यसरि फसे तपाईहरु चाहि नफस्नुहोला है भनेर विभिन्न किसिमका टिप्पणीहरु फेसबुक लगायत अन्य सोसल मिडियामा  पोष्ट गरिरहेका देख्न सक्छौं। कतै तपाईहरु पनि पर्याप्त जानकारी नलीइकन आफ्नो पैसा र समय खेर फ़ालिरहनुभएको त् छैन ? 


    स्मरण रहोस कि - तपाईले गर्न लाग्नुभएको अनलाइन सम्बन्धि कुनै पनि काम , कस्तो हो ,के हो , कुन साइट हो , कुन कम्पनि हो र कस्तो ब्यक्त्तिको भनाईको आधारमा कस्तो किसिमको ट्रेनिङ्ग लिएर गर्न खोज्दै हुनुहुन्छ।  त्यसकारण तपाई अनलाइन क्षेत्रमा कदम अघी बढाउन खोज्दै हुनुहुन्छ भने आफुले गर्न लागेको कामको बारेमा यथेष्ठ जानकारी लिनुहोस्  नबुझेको कुरा सबै सोध्नुहोस् किनभने यो समाजमा राम्रा भन्दा नराम्रा व्यक्तिको हाबी बढी नै छ। 


       अर्को  महत्वपूर्ण कुरा के हो भने  आजको युग भनेको डिजिटल प्रविधिको युग हो।  फिजिकल प्रोडक्ट भन्दा डिजिटल प्रोडक्टको मार्केट बृहत मात्रामा छ किनभने आन्लाईन क्षेत्रको ईतिहास हेर्ने हो भने विश्वकै नं १ धनि व्यक्ति जेफ बेजोज ( अन्लाईन बिजनेस अमेजनको मालिक ), मार्क जुकर्बर्ग (फेस्बुकका मालिक )  र त्यस्तै ज्याक्मा (अलिबाबाका संस्थापक ) 
आदि थुप्रै अन्लाईन बिज्नेशका उदाहरणहरु  हुन्। 



      
        सन्दर्भ केहि त्यस्ता व्यक्तिहरु जसले अन्लाईन बिजनेस /अन्लाईन मार्केटिंग फेक हुन् म  त फसिसकेको छु भनेर गलत प्रचार प्रसार गर्ने व्यक्तिहरुका कारणले गर्दा तपाइमा पनि त्यस किसिमका शंका उपसंका आउँन  सक्छन तर सबै अन्लाईन बिज्नेशहरु गलत र फेक हुदैनन्।  केहि त्यस्ता गलत सोच भएका व्यक्तिहरुले अन्लाईन बिजनेश फेक हुन् भनि प्रचार गरिएका छन। 


        त्यसैले  साथीहरुले के बुझ्नु आबस्यक छ भने हामीलाई इन्टरनेट र फेस्बुकले त्यतिकै पैसा दिदैन, त्यसको लागी तपाईले अनलाइन सबन्धि काम सिकेर सहि वेब्साईटमा काम गर्नुपर्ने हुन्छ। यति गरिसके पछि अनलाइनमा पैसा कमाउनु ठुलो कुरो रहदैन  तपाईले घरमै बसिबसी पैसा कमाउन सक्नुहुनेछ। तर यसको लागि तपाईको मेहनत  र लगनशीलताको भने अति नै आबस्यक  रहन्छ। त्यसपछि तपाईले सोचेको टाईम मा फ्रीडम   भई काम गर्न सक्नुहुनेछ।  तपाई स्वयमंलाइ लाग्नेछ अनलाईनमा काम गर्नुको जस्तो मज्जा  अरुमा आउदैन भनेर। 





       विदेशको तुलनामा नेपालमा अन्लाइनमा काम गर्नेको संख्या एकदमै कम छ। यसको प्रमुख कारण भनेको नेपालमा जुनसुकै राम्रो कामलाई गलत रुपमा  प्रचार गरिनु हो । नेपालमा हल्लाको पछाडी लागि बिरोध गर्नेको संख्या धेरै नै हुन्छ।

      अन्त्यमा मा के भन्न चाहन्छु भने यदि तपाई सहि  जानकारी लीई अन्लाईन क्षेत्रमा आउँन  चाहनुहुन्छ भने सकेसम्म अन्लाईन क्षेत्रमै काम गर्नुहोस किनभने आजको युग डिजिटल युग हो, मेरो पनि कार्य क्षेत्र  अन्लाईन नै भएको कारणले मैले यस  क्षेत्रमा आफ्नो उज्ज्वल  भबिष्य देखेको  छु र  तपाईहरुलाई पनि यहि क्षेत्रमा काम गर्नुहोस  भन्न चाहन्छु   तर सबै कुरा बुझेर गर्न आग्रह गर्दछु।  यदि तपाई पनि क्षेत्रमा आउन चाहनुहुन्छ भने मेसेज गर्नुहोस्  l 




पुनश्च  :- समुन्द्रकों गहिराई कति छ भनेर समुन्द्रमा पसेकालाई मात्र                  थाहा हुन्छ, बाहिर बसेर त्यसको अन्दाज लगाउन सकिन्न। 

0 Comments