सामान्य भाषामा ब्लग भनेको एक अन्लाईन सुचना माध्यम हो। कुनै पनि खबर वा सन्देशलाई अन्लाईनमा प्रकाशित गर्नु नै ब्लग हो। ब्लग भनेको ("वेबलग" को छोटो रुप ) एक अनलाइन पत्रिका वा सूचना वेबसाइटले इन्टरनेटको माध्यामबाट रिभर्स क्रॉनोलॉजिकल क्रममा जानकारी प्रदर्शन गर्ने माध्यम हो। पछिल्लो पोष्टहरू पहिला देखा पर्नेछ। यो एउटा मञ्च हो जहाँ एक लेखक वा लेखकहरूको समूहले व्यक्तिगत विषयमा आफ्ना विचारहरू साझा गर्दछ। ब्लग लेख्ने कार्यलाई नै ब्लगिङ्ग भनिन्छ।
हालसालका समयमा, ब्लगरहरू विभिन्न कारणका लागि प्रसिद्ध भएका छन्।ब्लगर एक त्यस्तो व्यक्ति हो जसले ब्लग चलाउँछ र नियन्त्रण गर्छ। ब्लगर ति व्यक्ति हुन् जसले तपाईसँग आफ्नो जीवनका अंशहरू साझेदारी गर्न मन पराउँछन्। आफ्नो दैनिक जीवनका घटनाहरुलाई सजावट का साथ् ब्लग लेख्ने र अन्लाइमा पोष्ट गर्ने व्यक्ति नै ब्लगर हुन् ।
ब्लगिङ्ग भनेको के हो ?
ब्लगिङ्ग भनेको तपाइको सीप र कार्यकौशलतालाई देखाउने एउटा माध्यम हो जुन एकलाई ब्लग चलाउन र नियन्त्रण गर्न आवश्यक पर्दछ। लेख्न, पोष्ट गर्न, लिंक गर्न र इन्टरनेटमा आफ्नो सामाग्रीलाइ पोष्ट गर्न र वेब पृष्ठलाई विभिन्न ग्याजेट हरुले सजाउदै ब्काग लेख्ने कार्यलाई ब्लग्गिंग भनिन्छ ।
ब्लगसुरू गर्नका कारणहरू धेरै हुन सक्छन तर पनि मुख्यत; आफ्नो सोख वा व्यक्तिगत प्रयोगका लागि र व्यवसाय, प्रोजेक्टहरू वा अरू कुनै चीजको लागि जुन तपाईलाई आर्थिक स्थिति सबलीकरण गर्न सहयोग पुगोस। प्रायजसो ब्लगिङ्ग ब्यबसायिक रुपले अनलाइन बिजनेश का लागि गर्ने गरिन्छ।
कुनै एक व्यवसायीले व्यवसायको रूपमा आफ्नो उत्पादन र सेवाहरू खरीदबिक्रीका लागि ब्लगिङ्ग मार्फत आफ्नो पोटेन्सियल उपभोक्त्ता खोज्ने गर्दछ। त्यसैले ब्लगको मुख्य उद्देश्य भनेको तपाईंलाई सान्दर्भिक दर्शकहरूसँग जोड्नु हो। अर्को , तपाईंको आफ्नो ट्राफिकलाई बढावा दिन र दक्ष लिडहरू तपाईंको वेबसाइटमा पठाउनु हो। तपाईको ब्लग पोष्टहरू जति धेरै पपुलर हुदै जान्छ त्यति नै तपाईंको लक्षित Customer हरुले तपाईंको वेबसाइट पत्ता लगाउन र भेट्न सक्ने सम्भाव्यता बढी हुन्छ। जसको अर्थ हो, ब्लगिङ्ग गर्नु भनेको भनेको तपाइँ एक प्रभावशालि नेतृत्व बन्नु हो। ब्लगले तपाईंलाई आफ्नो अधिकार प्रदर्शन गर्न र ब्रान्ड निर्माण गर्न पनि सहयोग पुर्याउछ। जब तपाइँ जानकारीपूर्ण र आकर्षक पोष्टहरू ब्लगिङ्ग गर्नुहुन्छ, यसले तपाइँको Clients मा तपाईप्रति बिस्वोस्नियता बढ्दै जान्छ । उत्कृष्ट ब्लगिंगले तपाईंको व्यवसायलाई अधिक विश्वसनीय देखाउँदछ, जुन विशेष रूपमा महत्त्वपूर्ण छ यदि तपाईंको ब्रान्ड अझै जवान छ र पर्याप्त अपरिचित छ।
ब्लगिङ्गको संरचना कस्तो हुन्छ ?
समयको परिबर्तन संगसंगै ब्लग/ब्लगिङ्ग को संरचनामा पनि परिबर्तन हुदै गयो , र आजकलका ब्लगहरूमा फरक वस्तुहरू समावेश हुने गर्दछ। यहाँ ब्लगका सामान्य संरचना दिएको छ जुन यसप्रकार छ :-
Header with the menu or navigation bar
Main content area with highlighted or latest blog posts
Sidebar with social profiles, favorite content, or call-to-action
Footer with relevant links like a disclaimer, privacy policy, contact page, etc.
ब्लगिङ्ग किन लोकप्रिय छ ?
ब्लगिंग लोकप्रिय छ किनकि यसले मार्केटिंग रूपमा काम गर्दछ र पैसा कमाउँछ। तर सबै ब्लगिंगले पैसा कमाउदैनन किनकि यसको लागि Google Ad sense Approval हुन अत्याबस्यक छ । . ब्लगिंग को लागी एक ठूलो चुनौती के छ भने ब्लग एसईओ र आकर्षक पाठकहरूमा प्रभावकारी हुनको लागि, यसलाई नियमित रूपमा अद्यावधिक गर्न आवश्यक छ।
ब्लगिङ्ग लोकप्रिय हुनुको अर्को कारण भनेको जो व्यक्ति आफ्नो सीप, अनुभब , र कार्यदक्षता र आफ्नो प्रोडक्टको बारेमा बोलेर पब्लिकका सामु प्रस्तुत गर्न सकिदैन त्यस्ता व्यक्तिका लागि आफ्नो अनुभब सेयर गर्ने यो भन्दा उत्तम अरु के हुन् सक्छ र ? त्यस्ता व्यक्तिका लागि आफ्नो ग्राहकलाई लक्षित गरि आफ्नो बिजनेशको मार्केटिंग गर्ने यो प्रमुख माध्यम हो। जो ब्लगरले राम्रो ब्लगिङ्ग गर्न सक्छ उसको लागि ब्लगिङ्ग आम्दानीको प्रमुख स्रोत पनि बन्न सक्दछ त्यसैले ब्लगिङ्ग आजको डिजिटल युगमा निकै नै लोकप्रिय हुदै गैरहेको छ।
आजको प्रविधिको युगमा ब्लगिङ्ग तपाईको बिज्नेशको लागि अति नै आबस्यक छ। किनभने चाहे तपाईंको बिजनेश सानो होस् या एक बहुराष्ट्रिय कम्पनी होस् , ब्लगिंग तपाईंको बिज्नेश्को लागि अनलाइन सामग्री मार्केटिंग गर्ने अभिन्न अंग हो। यदि तपाईले राम्रो गर्न सक्नु भयो भने यसबाट तपाईले राम्रो Monetization गर्न सक्नुहुन्छ। ब्लाग्गिंग किन आबश्यक छ भन्ने सम्बनधमा यहा ४ कारण हरु दिऎको छ :-
तपाईंको वेबसाइटमा Costumer Drive गर्नको लागि
तपाईंको SEO / SERP बढाउनको लागि
एक उद्योगपति /अन्लाईन मार्केटरको रूप मा तपाइँको ब्रान्ड निर्मार्ण गर्न
राम्रो ग्राहक सम्बन्ध विकास गर्न
यदि तपाइँ हामिसंग ब्लगिङ्ग सिक्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस।
0 Comments